
सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौं बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।
महानगरपालिकाको नगर प्रहरीले उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुलिएको महानगरले जनाएको छ ।
स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।