२०८३ जेठ ४ , सोमवार

बजेटसम्बन्धी नयाँ अध्यादेश ल्याउँदै कोसी सरकार

bujet

सुनाखरी न्युज/ मोरङ ।
कोशीमा जारी बजेट शून्यता अन्त्यका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः अर्को बजेटसम्बन्धी अध्यादेश ल्याउन लागेका छन् । यसअघि प्रदेश प्रमुख पर्शुराम खापुङले संवैधानिक व्यवस्थाअनुसार जारी गरेको बजेटसम्बन्धी अध्यादेशको निवर्तमान मुख्यमन्त्री उद्धव थापाले प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि भदौ ११ देखि प्रदेशमा बजेट शून्यता छ ।

प्रदेश प्रमुख खापुङले आइतबार पुनः अर्को बजेटसम्बन्धी अध्यादेश जारी गरेपछि बजेट शून्यता अन्त्य हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखको कार्यालयमा शनिबार सिफारिससहित पठाइसकेको बताए ।