२०८३ बैशाख १३ , आइतवार

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

gold

सुनाखरी न्युज/ काठमाडौँ।

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको सीआईबीले जनाएको छ।

 

यससंगै ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ।