२०८२ फाल्गुन २९ , शुक्रवार

बाँदरको संख्या घटाउन परिवार नियोजन गर्नुपर्छः आरजु राणा

krishi samitee

सुनाखरी न्युज/ काठमाडौं ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन् ।

समितिको आइतबारको बैठकमा सभापति राणाले बाँदरले बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गराएको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी हुन् । बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको पनि उनको भनाइ थियो ।

 

 

‘म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ,’ उनले भनिन्, ‘हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रोजस्तै थियो रे परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो । योचाहिँ वन्यजन्तु विभागलाई केही तयारी गरेर ल्याउ भन्नुपर्‍यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

उनले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताइन् ।