
किरण गिरी ।
ॐ तत सत ।
श्रीमद्भागवतगीता को १७ औं अध्याय
श्लोक नं.- २३ , २४ ,२५ , २६ र २७ को नेपाली भावार्थ :-
– सृष्टिको आदिकाल देखी नै ” ॐ तत सत ” यी तीन शब्द परमब्रम्हका सुचक हुन भन्ने आम बुझाइ र बिश्वास बन्दै आएका छन । ब्रम्हलाइ सन्तुष्ट पार्नका लागि यज्ञ होम जप र तप गर्दा ब्राह्मणहरुले वैदिक मन्त्रहरुको पाठ संगै यी तिनवटा सांकेतिक शब्द ” ॐ तत सत ” को मन्त्र अनिवार्य जप गर्दछन
:-
– योगिहरुले ब्रम्ह प्राप्तीका लागि शास्त्रीय विधि अनुसार यज्ञ , दान तप समस्त क्रियाहरुको शुभारम्भ गर्दा सधैं ” ॐ ” शब्द बाट गर्दछ्न ।
– मानिसले कर्म फलको इच्छा नराखी विभिन्न प्रकारका यज्ञ , तप तथा दानहरु ” तत ” मन्त्र को उच्चारण संगै सम्पन्न गर्दछन । यस्तो दिब्य कर्मको उधेश्य भवबन्धनबाट मुक्त हुनु हो ।
– भक्तिमय यज्ञको लक्ष्य नै परम सत्य हो । यसलाई ” सत ” शव्द मन्त्र द्वारा संकेत गरिन्छ । यस्तो यज्ञ सञ्चालन गर्ने कर्ता लाई पनि ” सत ” भनिन्छ । यश प्रकार परमपुरुष लाई प्रसन्न गर्न गरिने यज्ञ , तप , दान आदि सबै कर्म लाई ” सत ” भनिन्छ
त्यसैले ,
म र मेरो सार्बभौमसत्ताका लागी
परमात्मा भगवान इश्वर प्रति
सदा दण्डवत प्रणाम सहित नमन गर्दछु ।
ॐ तत सत ।
संसारमा सबै भन्दा पहिला म , मेरो आत्मा र मेरो परमात्मा ।
ॐ तत सत ।
हरेक श्वास प्रश्वास मा मेरो भगवान ।
हरेक पाइलामा मेरो स्वाभिमान ।
ॐ तत सत ,
सबै समादरणिय ज्यु हरुमा शुभ प्रभात ।
आजको दुनियाँमा हरेक एउटा मान्छेको चाहना , परिकल्पना , सोच ,शैली र प्रगतिले उसको जीवन , परिवार ,समाज अनि देश तथा आजको बिश्वको संचालन , परिचालन र ब्यबस्थापन भैरहेको छ । सतहमा देखिने कुरा यही हो तर यथार्थमा परमात्माको इच्छा र आदेश बिना केहि पनि हुदैन र भएको पनि छैन । ॐ तत सत ।
मानिस निमित्त मात्रै हो उ भित्र परमात्माको अपार शक्ति रहेको छ ।त्यसैले हरेक मानव परमात्मा भगवान को सार्बभौमसत्ता सम्पन्न अंग हो , अंश हो । ॐ तत सत ।
परमात्माको चाहना बेगर मानवले कुनै काम त होइन हरेक श्वासप्रश्वास लिन पनि सक्दैन र छोड्न पनि सक्दैन । तसर्थ यहाँ हरेक मानव परमात्माको अंश हो । त्यसैले हामी प्रत्येकले एक अर्कालाई इश्वरको स्वरुप सम्झ्नु जरुरी छ ।
ॐ तत सत ।
त्यसैले म भन्छु म निमित्त मात्र हुं । आफ्नो काममा सदा सकारात्मक र रचनात्मक रुपमा अगाडि बढी रहेको छु , बढी रहने छु ।
राजनीतिक सक्रियता र प्रतिबद्धता सहित
मेरो पत्रकारीता र राजनीतिक यात्राको पनि निरन्तर ३२ औं बर्ष । निरन्तर नवीन उर्जा र उत्साह का साथ अगाडि बढ्ने प्रण
ॐ तत सत ।
लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य , केन्द्रिय प्रतिनिधि एबं महासमिति सदस्य हुन ।