२०८२ चैत्र ५ , बिहिवार

कोसीको सरकार जोगाउन सांसद सापकोटाले त्यागे समितिको सभापति

Sapkota And Shing

सुनाखरी न्युज/ काठमाडौं ।
सांसद माधव सापकोटाले पूर्वाधार विकास समितिको सभापति त्यागेका छन्।

गठबन्धनको आग्रहमा माओवादी केन्द्रका सांसद सापकोटाले कांग्रेसका मुख्यमन्त्री उद्धव थापाको पद जोगाउन पूर्वाधार विकास समितिको सभापति त्यागेका हुन्। सभापति त्यागेर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको समर्थक बस्ने भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई समेट्ने भन्दै माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई दिने निर्णय गरेका हुन्। समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ।