२०८३ जेठ ४ , सोमवार

सद्‍भाव र एकता कायम राख्न धरानबासीलाई मेयर हर्क सम्पाङको अपिल

Harka-Raj-Rai-sampang

सुनाखरी न्युज/ धरान ।

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्‍भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् । यसअघि पूर्व मेयरहरुले पनि वक्तव्य जारी गर्दै सद्‍भाव कायम राख्न आग्रह गरेका थिए ।

मेयर सम्पाङले शुक्रबार वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका छन् ।

 

उनले अघि भनेका छन्, ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्‍भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु ।’