२०८३ श्रावण २२ , शुक्रवार

राष्ट्रिय जनमोर्चा मध्य पोखराको भेला सम्पन्न

1692448955070 (1)

शिशिर उजाड/ पोखरा । रास्टिय जनमोर्चा कास्कीले मध्य पोखराको भेला शनिबार सम्पन्न गरेको छ।

 

रास्स्टिय जनमोर्चा कास्कीको पाँचौ जिल्ला सम्मेलनको तयारी सिलसिलामा कास्की जिल्ला र पोखरा महानगर पालिकामा संगठन बिस्तार एबम सुदृढ गर्ने अभियान अन्तर्गत मध्य-पोखराको भेला सम्पन्न भएको हो ।उक्त भेलामा प्रमुख अतिथि गण्डकी प्रदेशका राजमो अध्यक्ष शकर वरालले देशको समसामायिक राजनितिक परिस्थिति र पार्टीको तीन अभियानको बारेमा प्रकाश पार्दै बर्तमानमा रास्टिय जनमोर्चाले लिएको नितिको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै भेलामा अखिल नेपाल ब्यापार संघका केन्द्रीय महासचिव ढाकाराम पौडेल ,अखिल( छैठौ )जिल्ला अध्यक्ष सोमनाथ अधिकारी ,रक्तिम सास्कृतिक अभियानका केन्द्रीय सदस्य दान बहादुर सारु मगर ,अखिल नेपाल महिला संघ जिल्ला सदस्य गङ्गा गायक अखिल नेपाल प्रगतिशील लेखक संघका गण्डकी प्रदेश सचिब प्रेम गायकले संगठन विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

 

उक्त भेलाले गणेश अधिकारी अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण गरेको छ ।जसको उपाध्यक्ष देबेन्द्र पौडेल ,सचिब बिष्णु बिक सह सचिब राजेन्द्र सुवेदी ,कोषाध्यक्षमा गङगा गायक र सदस्यहरुमा प्रेम गायक पसुपती शर्मा, दिननाथ पौडेल, राजेश कार्की, टेक बहादुर थापा दानबहादुर सारु मगर , रहनु भएको छ । भेलाले यस एरिया भित्र पर्ने वार्डहरुमा भेला गर्ने जिम्मेवारी समितिलाई तोकेको छ ।
भेलाको संचालन रबि मोहन ढकालले र अध्यक्षता गणेश अधिकारीले गरेका थिए ।