२०८३ श्रावण २२ , शुक्रवार

पच्चीस घर डुबानमा

doona

सुनाखरी न्युज / काठमाडौं –  तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ ।

 

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । बाढी पसेका घरका सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका छन् । बाढीबाट चार घरमा क्षति पुगेको छ ।

 

अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्तपाल परिसरलगायतका स्थान डुबानमा परेका छन । रासस