२०८२ चैत्र २ , सोमवार

संवैधानिक परिषद्को बैठक सुरु, प्रधानन्यायाधीशको नाम सिफारिस हुने

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

परिषद् सचिवालय स्रोतका अनुसार, प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । संवैधानिक व्यवस्था अनुसार, १९ असारमा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक नै ढिलो बसेको हो ।

 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकाशको समय एक महिना बाँकी छँदै न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष पूरा भएका न्यायाधीशहरुको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको थियो । संविधानमा सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ ।