सूर्य बास्तोला/ पोखरा। नन्दकुमारी गुरुङ ‘हिमपुत्री’ को कविता सङ्ग्रह मनका तरङ्गहरु सार्वजनिक गर्नुभएको छ । देशको समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै कविता मार्फत सचेतना प्रदान गर्ने उद्देश्यले उक्त कविता सङ्ग्रह प्रकाशित गर्नुभएको हो ।
कास्कीको घाचोक निवासी गुरुङ सामाजिक क्षेत्रमा संलग्न हुनुहुन्छ । ग्रामीण परिवेशलाई पनि समेट्नु भएको उहाँको कविता सङ्ग्रह अझै रोचक बनेको उहाँको भनाई छ ।
समाजसेवी गुरुङले गाउँको खानेपानी, विद्यालय, स्वास्थ्यचौकी, बाटोघाटो लगायतका समस्याहरु समाधान गर्न सक्रिय भूमिका निर्वाह गर्दै गाउँको विकासमा योगदन पु¥याउँदै आउनु भएको छ ।
यस कविता संग्रहमा उहाँले जीवनमा भोगेका विषयहरुलाई छोटो कविता मार्फत उतार्ने प्रयास गर्नुभएको छ । यस संग्रहमा उहाँका ४२ वटा कविता रहेका छन् ।
३० भन्दा बढी विभिन्न सामाजिक संघसंस्थाहरुमा विभिन्न पदमा रहेर सामाजिक सेवा पु¥याउनु भएकी गुरुङ हङकङ, युके, सिंगापुर, भारत, चीन, कोरिया लगायतका १४ भन्दा बढी देशहरुको भ्रमण गरिसक्नु भएको छ ।