२०८३ श्रावण २१ , बिहिवार

सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

सुनाखरी न्युज  / काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ ।

 

बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका नेता रघुजी पन्तले भन्नुभयो, “भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ ।” प्रतिनिधिसभाको बैठक आज बस्दैछ । रासस