२०८२ चैत्र ४ , बुधवार

सुन प्रकरणमा गृहमन्त्रीसँग जवाफ माग गर्ने एमालेको निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

 

 

एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक(पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए ।

 

कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको उनले जानकारी दिए ।