२०८३ श्रावण २१ , बिहिवार

चितवनको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो

सुनाखरी न्युज/ काठमाडौं । १० साउ चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो ।

ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् ।सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो।

माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको थियो । खोलाको बाढी अहिले भने घट्दै गएको छ। माडी–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने घाँघर खोलामा पुल निर्माणको काम सुरु भए पनि सकिएको छैन । पुलका तीनवटा स्पान मात्रै ढलान भएका छन् । बाँकी काम अधुरै छ ।