२०८२ फाल्गुन २९ , शुक्रवार

घोराही जाँदै गरेको स्कारपियो खोलाले बगायो

सुनाखरी न्युज/ काठमाडौं। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च ९५११ नम्बरको स्कारपियो सौडीयार-सर्रा सडकखण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका-१४ को जनकपुरस्थित सोता खोलाले बगाएको हो। खोलाले गाडी करिब १५ मिटर तलसम्म बगाएको थियो।

गाडी खोलाले बगाए पनि चालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। गाडी पनि खोलाबाट निकालिएको छ। क्षतिको विवतरण भने आउन बाँकी छ। गाडी खाली भएका कारण पनि मानवीय क्षति हुन नपाएको डीएसपी गौतमको भनाइ छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा क्षति भएको प्रहरीले जनाएको छ।