२०८२ चैत्र ४ , बुधवार

नेपाली सेनाको मनोबल घटाउने खालका बहस नगर्न चेतावनी

सुनाखरी न्युज / काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले नेपाली सेनाको संख्या कटौतीको बहस चलाइएको भन्दै आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष प्रकाशजंग कार्कीले विज्ञप्ति जारी गरी नेपाली सेनाको मनोबल घटाउने खालका बहस नगर्न चेतावनी दिएका हुन् ।

उनले नेपाली सेनामाथि यसअघि पनि पटक पटक प्रहार हुँदै आएको उल्लेख गर्दै यस विषयमा सरकारको प्रष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

No description available.

No description available.