
किरण गिरी
अब नयाँ एजेन्डा र दृष्टिकोणका साथ कांग्रेस अगाडि बढ्नु जरुरी । केन्द्रीय कार्यसमिति बैठकको पुर्ब सन्ध्यामा सम्प्रेषण गरिएको धारणा र दृष्टिकोण –
नेपाली कांग्रेसको अबको कार्यक्रम १६५ निर्वाचन क्षेत्र , ७५३पालिका स्थानीय तहमा लक्षित र केन्द्रित हुदै ” गाउँ गाउँ , नगर र
वडा वडा मा कांग्रेस , बदलिएको कांग्रेस बलियो कांग्रेस बनाउनु अत्यन्तै जरुरी ।
मुलुकको राजनीति लाई नयाँ गति र उर्जा प्रदान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र लाई सुदृढ र संस्थागत गर्न एबं राजनीतिमा नयाँ र युवा पुस्ताको भुमिका तथा सहभागिता सुनिश्चित हुने गरि अब नेपाली कांग्रेसले आफुलाइ सैद्धान्तिक , बैचारिक र सांगठनिक रूपमा नै नयाँ पन र दृष्टिकोण दिन सक्नु पर्दछ ।
मुलुक लाई उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको षड्यन्त्र बाट बचाउन समेत नेपाली कांग्रेसले आफ्नो भुमिका लाई सक्रिय र प्रभावकारी रूपमा तत्काल अगाडि बढाउनु जरुरी देखिन्छ ।
सैद्धान्तिक :-
राष्ट्रियता लोकतन्त्र र समाजबाद लाई युबा पुस्ताको बिकास र समृद्धि संग जोड्ने ।
– संघीय लोकतान्त्रिक गणतन्त्र लाई जन जनमा बलियो र लोकप्रिय बनाउन राज्य प्रणालीमा साधारण जनताको पहुच सुनिश्चित गर्ने ।
– प्रतिनिधि सभाको सिट -१६५ कायम गर्ने ।
– प्रदेश सभाको सिट -३३० कायम गर्ने ।
– दुबै तहमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने ।
– संबिधान अनुसार आठ वटै क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित हुने गरि राष्ट्रिय सभामा – ९९ सिट को ब्यबस्था गर्ने
प्रमुख राजनीतिक दलहरु संग संबाद गर्दै सो अनुसार संबिधान संशोधन प्रस्ताव नेपाली कांग्रेस को पहलमा थालनी गर्ने ।
बैचारिक :-
– नयाँ र युवा पुस्ताको आकर्षण बढाउन र ४० बर्ष मुनीका मतदाता हरुमा नेपाली कांग्रेस प्रति बिश्वास र आकर्षण बढाउन बिशेष अभियान चलाउने ।
सांगठनिक :-
– नेपाली कांग्रेस पार्टी संगठनमा पुस्तान्तण र रुपान्तरण गर्दै केन्द्र देखि वडा सम्म सबै कार्यसमितिमा ४० बर्ष सम्मका युवाहरुको सक्रियता , सहभागिता र भुमिका सुनिश्चित गर्ने ।
– नेपाली कांग्रेसको क्रियाशील सदस्य बितरण र नवीकरण अब अनलाइन बाट नै गर्ने ब्यबस्थापन गर्ने । सदस्यता बितरण र नवीकरण सदा खुल्ला र पारदर्शी बनाउने ।
– केन्द्रीय समिति लाई पुर्णता दिदै केन्द्रीय बिभाग र सचिबालयहरु लाई तत्काल पुर्णता दिने ।
– भातृ संगठन हरु लाई तत्काल पुर्णता दिने ।
– भ्रष्टाचार , आर्थिक अनियमितता र सबै खाले बिकृती एबं बिसंगती विरुद्ध खरो रूपमा उत्रने ।
– भाद्र को दोस्रो हप्ता सम्म नीति अधिबेशन वा महासमितिको बैठक बोलाइ
उल्लेखित सैद्धान्तिक , बैचारिक र सांगठनिक बर्तमान स्वरुप र खाका संसोधन गरि बिशेष राजनीतिक प्रस्ताव पारित गरि नेपाली कांग्रेसको नयाँ अबधारणा राष्ट्रिय एजेन्डा का रूपमा अगाडि बढाउनु जरुरी देखिन्छ ।
जय नेपाल ।
किरण गिरी , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस ,काठमाडौं नेपाल ।