सुनाखरी न्युज/ काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ।
आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगम (एनओसी)का प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।
नयाँ दर आएपनि एनओसीले यहाँको लागि कायम हुने मूल्य सार्वजनिक गर्न बाँकी छ। गत असार १८ बाट एनओसीले मुलुकभर पेट्रोलियम पदार्थकाे बहुदर कार्यान्वयनमा ल्याएको छ।
भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ। रासस