२०८२ चैत्र ४ , बुधवार

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

सुनाखरी न्युज /  काठमाडौं –  चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच÷पाँच जनासम्म र प्रदेशमा तीन÷तीन तथा जिल्लामा दई÷दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “मोर्चाको नेतृत्व चार÷चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै आउनु भएको छ । रासस