२०८३ श्रावण २१ , बिहिवार

ठगी गर्ने सहकारी सञ्चालकलाई कारवाही गर्दैछौं– मन्त्री श्रेष्ठ

सुनाखरी न्युज /  काठमाडौं –  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकहरूलाई कानूनअनुसार कारवाही गरिने बताएकी छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताएकी हुन् ।

 

सहकारी ठगी गर्नेलाई प्रचलित कानूनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौं,’ उनले भनिन । सरकारले ४९ जिल्लामा गरीब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरीब परिचय पत्र वितरण कार्य सम्पन्न गरेको पनि उनले बताइन् ।

 

१५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।