सुनाखरी न्युज / काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्।
दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए।
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार दिउँसो उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।