सुनाखरी न्युज / काठमाडौँ — सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार रहेका थिए । हेलिकप्टरमा सवार रहेका सबैको नामावली सार्वजनिक भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।
अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।