शिशिर पौडेल/ पोखरा । पोखरा-१६, बाटुलेचौर निबासी सागर विकले विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन्।
हाल लण्डनमा बसोबास गर्दै आएका आफैलाई एक कुसल बडि बिल्डरका रुपमा देश बिदेशमा परिचित भईसकेका बि.क ले नेपाल आउँदा आफू पढेको विद्यालयमा विद्यार्थीहरु का लागि केही उपयोगी सामग्रीहरु दिएका हुन् । उनले विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका रूपमा कापी, ज्यामितीय वक्स, पेन्शिल सेट , र पेन सेट दिएर सहयोग गरेका विद्यालय का शिक्षक संगित गायकले जानकारी दिए।
उनले आफू पढ्दा कापी, कलम, जुत्ता नहुदा विद्यालय जान नसकेको अनुभव सुनाउँदै तेहि सम्झेर पनि सहयोग गर्न मन लागेको बताए। सहयोगदाता विकलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, लगायतकाले विद्यालयकाे तस्विर अंकित मायाको चिनो प्रदान गरेका थिए।