सुनाखरी न्युज / काठमाडौं – नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक आह्वान गरेको छ ।
उक्त बैठक आज बिहान १०।३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिनुभयो ।
बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो । रासस