सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । गौतमले ३१५ मत प्राप्त गरेकाछन भने उनका प्रतिस्पर्धी दिलिपप्रकाश कार्कीले १२९ मत ल्याएकाछन। दिलिपप्रकाश कार्कीलाई ८६ मत अन्तरले पछाडि पार्दै गौतम निर्वाचित भएका हुन् ।
त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन्। उनले २८५ मत ल्याए भने उनका प्रतिपर्धी केशव पाण्डेले १५१ मत ल्याए।
उपाध्यक्षमा रोमन आचार्य (पुरूष) महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सह–सचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी,सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड) ,राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल,रामचन्द्र मिश्र, अनुप प्रधान,मिन्साङ लामा,रमेश सेन्चुरी, विनिता क्षेत्री,मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र केसिना ढकाल रहेका छन् ।
अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष र सचिव बाहेकका अन्य पदमा भने सर्वसहमत भएको थियो । ९ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको हो।