२०८३ कार्तिक ९ , आइतवार

भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु

 

सुनाखरी न्युज /  काठमाडौं  – काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् ।

 

दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।पछि उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

एसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्।