सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको जस्तो रासायनिक मल अभाव नहुने बतायका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।