२०८३ श्रावण १० , आइतवार

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

सुनाखरी न्युज /  काठमाडौं  – राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।

उनको शल्यक्रिया त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको हो।

शल्यक्रिया गरी पेसमेकर राखिएको छ।

अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।