सुनाखरी न्युज/ काठमाडौं । आदिपुरुष फिल्मको प्रदर्शन नेपालभरी नै रोकिने भएको छ। फिल्म वितरक कम्पनी ब्यांकटेस फिल्म्सले आदिपुरुषको प्रदर्शन सोमबारदेखि देशैभरी रोक्ने निर्णय गरेको हो।
काठमाडौंका सिनेमाघर संचालकहरुले काठमाडौं महानगरपालिकाको आधिकारिक पत्र बिना नै फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि यसप्रति आपत्ति जनाउँदै कम्पनीले देशैभरी फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको हो।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि काठमाडौंमा यो फिल्मको प्रदर्शन रोकिएको थियो। साथसाथै पोखरा महानगरपालिका, धरान उपमहानगरपालिका लगायत केही अन्य स्थानीय तहले पनि फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए ।