२०८३ श्रावण २० , बुधवार

गोठ बगाउँदा दुईजना बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

 

अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको पहिचान खुल्न नसकेको उहाँको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ ।

 

बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ । यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।रासस