२०८२ फाल्गुन ३० , शनिवार

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ ।

 

प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ। रासस