सुनाखरी न्युज/ काठमाडौं । पहिरोका कारण मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ ।
बेँसीसहर–चामे खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाकाको सिम्पानी आँगेलगायतका स्थानमा पहिरोले सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको बताए ।
उनका अनुसार खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरो खसेकाे छ । पानी परेसँगै बेंसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकाको अर्खलेबेंसी, घोप्टेभिर, काप्रेभिर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतमा ठाउँमा पहिरो जाँदा उत्तरी क्षेत्रका स्थानीय र मनाङका स्थानीयलाई सास्ती भएकाे छ ।