२०८३ श्रावण १९ , मंगलबार

जन्मदिनमा जेष्ठनागरिकलाई छाता वितरण

सुनाखरी न्युज/ पोखरा । मनसुन सुरु हुन लाग्यो । दिउसोमा गर्मि मात्र होइन , दिन घर्किदै जादा दैनिक वर्षा पनि हुन्छ अब । गर्मि होस या झरी अब छाता नै घर बाहिर निस्कदाको साथी ।

त्यही छाताको आवश्यक्ता जेष्ठ नागरिकलाई पनि पर्छ । यसै अवस्थालाई मध्यनजर गरेर पोखरा ६ लेकसाइड निवासी पर्यटन व्यवसायी एवम सामाजिक कार्यमा क्रियाशिल व्यक्तित्व प्रभा सुवेदीले आफ्नो विदेशमा रहेका छोरा आशिष सुवेदीको २८ औं जन्मदिनको अवसर पारेर २० जना जेष्ठनागरिकलाई छाता प्रदान गरिन । हरेक वर्ष छोराको जन्मदिनमा सामाजिक कार्य गर्दै आएको बताउदै जेष्ठ नागरिकहरु चर्को घाममा पसिना चुहाउदै हिडेको देखेर आफुलाई छाता प्रदान गर्ने सोच आएको बताउनु भयो । पोखरा ७ मासबार स्थित रेडियो सफलताको प्र∙णमा एक कार्यक्रमका विच छाता वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि पोेखरा महानगर पालिकाका वडा नंं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले जन्मदिनलाई फरक तथा सान्दिर्भक तबरले मनाएकोमा खुसी व्यक्त गरे । व्यक्तिगत शुभ कार्यलाई सामाज सगैं जोडेर गरिएका कामले समाजमा छुटै सामाजिक जागरणको अभ्यास हुने उनले बताए । कार्यक्रममा विश्व हिन्दु महासंघ नेपाल मातृशक्रि परिचालन समितिका गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेलले जेष्ठ नागरिक बुबा आमा सबैलाई दुख सुख दुबैलाई आत्मासाथ गर्दै खुसी भएर जीउन आग्रह गरिन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्ड राज शर्माले जेष्ठ नागरिकलाई छाता वितरण गरेर जन्मदिन मनाएकोमा खुसी व्यक्त गदै अध्ययनको सिलसिलामा विदेशमा रहेका अशिसको सुस्वास्थ्य र सफलताको कामना गरे ।

रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले जेष्ठ नागरिक समाजका जिउदा इतिहास भएकाले उनिहरुको जीवन भोगाइ र अनुभव सुनेर समाजलाई अगाडि वढाउनु पर्ने बताउदै रेडियो सफलताले स्थापनाकाल देखि नै जेष्ठ नागरिकका आवाजलाई प्राथमिकतामा राखेर श्रोता समंक्ष राख्दै आएको बताउनु भयो । कार्यक्रममा समाजिक व्यक्तित्व विनिता अधिकारी, पर्यटन व्यवसायी सुमिता बराल लगाएतले बोलेका थिए । समाजसेवी हरिलाल अधिकारीको संयोजनमा भएको उक्त कार्यक्रमको संचालन वर्षा लामिछानेले गरिन ।