सुनाखरी न्युज/ काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख ६५ हजार बराबरको क्षति भएको छ ।
उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति भएको छैन । मिमी प्रहरी चौकीको टोलीले घट्नास्थलमा पुगेर क्षतिको विवरण लिएको छ । रासस