किरण गिरी- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको – ६७४३ वटै सबै वडाहरुमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण अभियान प्रारम्भ भएको छ । यो अभियान जेष्ठ मसान्तसम्म सम्पन्न भैसक्ने जानकारी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीले जानकारी दिनु भएको छ ।
सबै वडाका क्रियाशील सदस्य मित्रहरूले आ आफ्नो वडामा नेपाली कांग्रेसका वडा सभापति एबं वडा कार्यसमिति संग सम्पर्क गरि २ प्रति फोटो , नागरिकता प्रमाणपत्र को प्रमाणित प्रतिलिपी , आबश्यक सदस्यता शुल्क तथा लेबि रकम सहित आफ्नो क्रियाशील सदस्यता फारम नवीकरण गरि पेश गर्न हुन नेपाली कांग्रेसका सबै क्रियाशील सदस्य मित्रहरू मा हार्दिक निर्देशन गरिएको छ ।
नेपाली कांग्रेसको बिधान अनुसार केन्द्रीय कार्यालय सानेपा ललितपुर बाट नेपाली कांग्रेसका सात वटै प्रदेश सभापति र कार्यसमिति , ७७ वटै जिल्ला सभापति र कार्यसमिति , १६५ वटै संघीय संसद प्रतिनिधि सभाका क्षेत्रीय सभापति र कार्यसमिति , ३३० वटै प्रदेश क र ख का सभापति र कार्यसमिति , ७५३ वटा स्थानीय तहमा सबै पालिका सभापति र कार्यसमिति र ६७४३ वटै नेपाली कांग्रेसका वडा सभापति र कार्यसमितिहरु लाई पत्राचार मार्फत आबश्यक निर्देशन गैसकेको तथ्य हामी सबैलाई जानकारी रहेको कुरा नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीले बताउनु भएको छ ।
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयको निर्देशन अनुसार देशभर सबै तहका कार्यसमितिहरुले आ आफ्नो तहमा भेला कार्यक्रम समेत सम्पन्न गरि केन्द्रमा प्रतिबेदन सहित क्रियाशील सदस्य नवीकरण फारम बुझाउने तयारी गरिरहेको जानकारी समेत प्राप्त भैरहेको निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीले बताउनु भएको छ ।
नेपाली कांग्रेस निबर्तमान केन्द्रीय सदस्य किरण गिरी ।