२०८३ जेठ ७ , बिहिवार

बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

सुनाखरी न्युज/ काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने साहसिक कार्य गरेका छन् भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनमा नेपाली भूमिसमेत रहेको ‘अखण्ड भारत’को नक्सा राख्न लगाएपछि अहिले तीब्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश छ । यहाँको सरकारले भने यस विषयमा भारतीय पक्षसँग औपचारिकरुपमा कुरा उठाएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहालको हालको भारत भ्रमणमा पनि यस विषयमा कुरा उठाउन सकेनन् ।

 

हालै मात्र प्रतिनिधिसभाको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो । मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । भारत जानु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको स्रोतले बतायो ।‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ,’ स्रोतले भन्यो, ‘मेयर शाह बस्ने कुसीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।’