२०८१ बैशाख १८ , मंगलबार

आज सुनको भाउ स्थिर

Gold

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन।

 

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो।

 

यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।