२०८२ फाल्गुन ३० , शनिवार

नीतिगत र प्रणालीगत सुधार गरेर अर्थतन्त्रालाई लयमा फर्काउने घोषणा

सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री प्रकाशशरण महतले नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने योजना रहेको बताएका छन् । आर्थिक वर्ष ०८०-८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ,’ अर्थमन्त्री महतले भने, ‘सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमुलक बनाउने योजना बनाएको छु ।’