२०८२ फाल्गुन ३० , शनिवार

मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित

सुनाखरी न्युज/ काठमाडौँ ।

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ । पुनः भोलि २ बजे मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले बताए ।