२०८१ जेठ ६ , आइतवार

मिस नेपाल अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै

सुनाखरी न्युज/ काठमाडौं । मिस नेपाल अर्थ २०२२ डा सरिसा श्रेष्ठ अध्ययनका लागि अमेरिकी विश्वविद्यालय हार्वर्ड जाने भएकी छन्।

 

उनले आफू स्नातकोत्तरको कोर्ष गर्न हार्वर्ड मेडिकल स्कुल जान लागेको सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन्। एक वर्षको पोस्टग्राजुएट कोर्समा पेसेन्ट सेफ्टी, क्वालिटी र हेल्थ लिडरसिप क्लास लगायतको पढाई गर्ने उनले बताएकी छन्।

 

‘पहिलो दुई सेमेस्टर भर्चुअल हुन्छ। अन्तिम सेमेस्टर र ग्राजुएसन आउने जुलाईमा बोस्टनमा हुनेछ। म आफ्नो खुसि अभिव्यक्त गर्न सकिरहेको छैन,’ उनले लेखेकी छन्।