२०८२ चैत्र २ , सोमवार

भारत जानुअघि दलका नेता र पूर्वप्रधानमन्त्रीसँग परामर्श गर्दै प्रधानमन्त्री प्रचण्ड

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणअघि मुख्य दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्दैछन् ।

 

आज प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, मुख्य दल नेताहरु तथा पूर्व परराष्ट्रमन्त्रीहरुको संयुक्त बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ । भारत भ्रमणका क्रममा राख्ने एजेन्डा लगायत विषयमा छलफल गर्न उनले उक्त बैठक बोलाएका हुन् ।

 

सो छलफलपश्चात आजै साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले कुटनैतिक परामर्श समेत गर्ने जनाइएको छ । यस बैठकमा पूर्व परराष्ट्र सचिवहरुका साथै भारतका लागि पूर्व राजदूतहरु र विज्ञलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि ४ दिने भारत भ्रमणमा जाँदैछन् ।