२०८१ बैशाख १८ , मंगलबार

एलोभेरा र भिटामिन ‘ई’ क्याप्सुलबाट बनेको फेस प्याकले बनाउँछ छालालाई जवान

सुनाखरी न्युज/ काठमाडौं । भिटामिन ‘ई’ र एलोवेरा दुवैमा केही त्यस्ता गुण भएका पोषक तत्व हुन्छन्, जो छालाका लागि एकदमै फाइदाजनक हुन्छ । आउनुहोस् जानौं एलोवेरा र भिटामिन ‘ई’ क्याप्सुलबाट बनेको फेसप्याक कसरी बनाउने र यसका कस्ता फाइदाहरु छन्–

 

एलोवेरामा पाइने एन्टिअक्सिडेन्टले बढ्दै गरेको उमेरका लक्षणलाई कम गर्न सहयोग गर्छ । एलोवेरा र भिटामिन ‘ई’ बाट बनेको फेसप्याकले पिग्मेन्टेसन तथा चाउरीपनाको समस्या कम गर्छ । यसले छालामा जम्मा भएका मृत कोषिकाहरूको समस्याबाट छुट्कारा दिन्छ । एलोभेरामा पाइने तत्वले छालाबाट मृत कोषिकाहरूलाई बाहिर निकाल्छ भने भिटामिन ‘ई’ ले नयाँ कोषिकाहरूको उत्पादन बढाउन सहयोग गर्छ।

 

छालामा आउने डन्डीफोर तथा त्यसका कालो दागहरूबाट समस्यामा हुनुहुन्छ भने एलोवेरा र भिटामिन ‘ई’ क्याप्सुलबाट बनेको फेस प्याक तपाईंका लागि एकदमै फाइदाजनक हुन्छ । एलोवेरामा एन्टिब्याक्टेरियल तथा एन्टिइन्फुलामेटरी गुण हुन्छ भने भिटामिन ईमा एन्टिसेप्टिक गुणले डन्डीफोरको समस्याबाट छुट्कारा दिन्छ। यी दुवैले छालालाई मोइस्चराइज गर्ने काम गर्छ । सुख्खा छालाको समस्या छ भने पनि यो फेस प्याकको प्रयोग गर्न सकिन्छ ।

 

कसरी बनाउने ?

यसलाई प्रयोग गर्नका लागि एउटा कचौरामा एलोभेरा जेल निकाल्ने र भिटामिन ‘ई’ को क्याप्सुल मिसाएर केहीबेर राम्रोसँग मिक्स गर्ने । त्यसपछि पूरै अनुहार तथा घाँटीको भागमा लगाउने । यसलाई लगाउँदा आँखामा जानबाट जोगाउनु पर्दछ । यसरी लगाएर केहीबेर राखेपछि सफा पानीले मुख धुनुपर्दछ । यसरी हप्तामा दुईपटक पनि यसको प्रयोग गरेमा छिटै यसको नतिजा देख्न सकिन्छ ।एजेन्सी