२०८१ बैशाख १८ , मंगलबार

आठ सहरमा हुँदै हिमालय रोडिज सिजन-५ को अडिसन

सुनाखरी न्युज/ काठमाडौं। मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ हुने भएको छ ।

 

हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । छायांकन सुरु हुन एक साता बाँकी रहँदा पाँचौं सिजनको लागि अडिसन खुला गरिएको हो । जेठ १२ गतेदेखि सुरु हुने ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ ।

 

पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ । आउँदो शुक्रबारदेखि सुरु हुने रोडिजको पाँचौं सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् ।