२०८१ बैशाख २० , बिहिवार

बच्चाको घाँटीमा खानेकुरा अड्किएमा के गर्ने ?

सुनाखरी न्युज / काठमाडौं –  बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन । मनपर्ने चीज खाँदा, तिनीहरू टोकाइ कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले गर्दा खाना खाँदा अक्सर घाँटीमा खाना अड्किन सक्छ । त्यसैले, केही खानेकुरा खुवाउँदा आमाबाबुले बढी ध्यान दिनुपर्छ ।घाटीमा केही अड्किएर श्वासप्रश्वास नलीमा कुनै वस्तु वा पदार्थ अड्किएमा श्वासप्रश्वासमा अवरोध आउँछ । यसले खोकी पनि निम्त्याउन सक्छ र गम्भीर अवस्थामा समेत पु¥याउन सक्छ ।

सामान्यतया खानाको टुक्रा बालबालिकाको घाँटीमा अड्किन सक्छ । यसरी बालबालिकाको घाँटीमा खानेकुरा अड्किए घरमै प्राथमिक उपचारको रूपमा के गर्ने भन्ने कुरा जान्नु जरुरी हुन्छ ।बच्चाको घाँटीमा खानेकुरा अड्कँदा ध्यान दिनुपर्ने कुराहरूस्बच्चाको पिठ्युँ र काँधको बिच भागमा हल्का रूपमा धाप मार्नुहोस्, यो प्रक्रिया दोहोर्याइरहनुपर्छ । यसले अड्केको चिजलाई बाहिर निकाल्छ ।

 

–  हत्केलाले बच्चाको पछाडिको काँधको बीचमा हल्का थपथपाउनुहोस् । यसो गर्दा अड्किएको कुरा हट्छ ।

– बच्चाको घाँटीमा मात्र हैन कहिलेकाहीँ नाकमा पनि केही चिज अड्कन सक्छ । यस्तो अवस्थामा इयर बड्सको प्रयोग गरेर अड्किएको चिज   झिक्ने कोसिस गर्दा झन् त्योभित्र पस्न सक्छ ।

 

 

– बच्चा अलि ठूलो पाँच वर्षभन्दा माथिको छ भने उसको पेटमा दुईवटा हातले कसेर समातेर झट्का दिनुपर्छ । यसो गर्दा अड्किएको खाना   बाहिर निस्कन्छ ।

-बच्चा सानो छ भने बच्चालाई आफ्नो काखमा घोप्टो पारेर राख्नुपर्छ । त्यसपछि बच्चाको टाउको र घाँटीलाई सहारा दिनुपर्छ ।

त्यसैले, सिन्काको प्रयोग गरेर अड्केको चिज झिक्नुपर्छ ।यी उपायहरू गर्दा पनि अड्किएको चिज निस्किएन भने बच्चालाई तुरुन्त अस्पताल पुर्याएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।