२०८१ बैशाख १८ , मंगलबार

देशमा बीमा कम्पनीको संख्या धेरै भएको अर्थमन्त्री महतको भनाइ

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा कम्पनीहरुको संख्या धेरै भएको बताउनु भएको छ ।

 

बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने नीति गलत भएको बताउनुभयो । बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको भन्दै महतले अब कोर्ष करेक्शन जरुरी रहेको बताउनुभयो ।

 

सरकारले बीमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बीमा समानान्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौति रहेको बताउनुभयो । मन्त्री महतले हिमालय रिईन्स्योरेन्स कम्पनीलाई फाइदा पुग्ने गरी नियमावली संशोधन गरिएकोप्रति पनि आपत्ति जनाउनुभयो ।

 

उहाँले अर्थ मन्त्रालय र मन्त्रालयसँग जोडिएका संरचनाहरु हस्तक्षेपकारी भूमिकाबाट चल्न नसके उल्लेख्य प्रगति हुन नसक्ने बताउनुभयो ।