२०८२ फाल्गुन २९ , शुक्रवार

कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

 

काठमाडौंको सिफलमा बस्दै आएका बस्नेतको शुक्रबार बिहान निधन भएको हो । बस्नेत ७८ वर्षका थिए । लामो समय नेपाली कांग्रेसमा सक्रिय बस्नेत सोलुखुम्बुका हुन् ।

 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए