२०८१ बैशाख १८ , मंगलबार

‘नेपालमा नक्कली शरणार्थी प्रकरण चर्किंदैछ, म चाहिं भुटानीलाई नेपाली गीत सुनाउँदैछु’

सुनाखरी न्युज/ काठमाडौं । यहीबेला देशमा नक्कली भुटानी शरणार्थीको प्रकरण चर्किएको छ । संयोग नै हुनुपर्छ, यो प्रकरण चर्किरहँदा गायक सपुत भने अमेरिकामा बसोबास गर्दै आइरहेका भुटानी समुदायमाझ सांगीतिक टुर चलाइरहेका छन् ।

 

उनले ट्वीटमार्फत देश मागेका भुटानीको राष्ट्रवाद सक्कली राष्ट्रवाद भएको तर्क गरेका छन् । उनी लेख्छन्, ‘नेपालमा ठूला-ठूला राष्ट्रवादीहरु नक्कली शरणार्थी बनाएर मानव तस्करीमा लागेको समाचार आइरहँदा म अमेरिकामा रहेका भुटानी समुदायलाई नेपाली गीत सुनाउँदैछु ।

 

आफ्नै देशमा बसेर मेरो कुनै देश छैन भन्नेहरु भन्दा, हामीलाई एउटा देश देऊ भन्नेहरुको राष्ट्रवाद पो सक्कली हो कि, सोचनीय ।’कामको कुरा गर्दा गायक सपुत ‘बोलमाया’ गीतको दोस्रो श्रृंखला ल्याउने तयारीमा छन् भने उनको अभिनय रहेको फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनको तयारीमा छ ।