२०८१ बैशाख १८ , मंगलबार

विक्की र अभिनेत्री श्रद्धाले गरे बिहे

सुनाखरी न्युज / काठमाडौं – विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ।

 

विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए। केही वर्षदेखि प्रेममा रहेका उनीहरुले इन्गेजमेन्टपछि आफ्नो प्रेमका बारेमा खुलेर कुरा गरेका थिए। यो जोडीको प्रेम ‘कमेडी च्याम्पियन’बाटै अंकुराएको थियो।

 

विक्की ‘कमेडी च्याम्पियन’का फस्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन्। अहिले विक्की ‘कमेडी विथ च्याम्पियन’ निर्देशन गर्छन्।