२०८१ बैशाख १८ , मंगलबार

कृषि र व्यपार क्षेत्रलाई टेवा पुर्याउँदै करेन्ट चाउचाउ

सुनाखरी न्युज/ काठमाडौं ।
यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनेको छ । सके सम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको देखिन्छ ।
स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केहि बर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ ।

 

विदेशी बजारमा रहेको करेण्टको लोकप्रियतालाई यसको प्रतिवर्ष २५ देखि ३० लाख अमेरिकी डलर बरावरको निर्यातले प्रष्ट पार्दछ । देशभर प्रत्यक्ष र अप्रत्यक्षरुपमा लगभग १५००० मानिसलाई रोजगारी दिँदै करेण्टले देशमा पाँच जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ । मकवानपुरवाट खुर्सानी खरिद गर्दै करेण्टले त्यहाँका किसानलाई बजार दिएको छ भने गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङजाका केही किसान समूहलाई समेत लगानी प्रद्र्धन गर्दै खुर्सानी खेतीकालागि प्रोत्साहनज समेत गरेको छ । किसानलाई खुर्सानी उत्पादनकालागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेण्टले देशका विभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले देशका केही ठाउामा वैदेशिक रोजगारी भन्दा देशमा नै पसिना वगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ ।

 

करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले बताउँछ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यात मार्फत केही हद सम्म सुधार ल्याउँदै करेन्टले आफु जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको छ । र नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यपार व्यवसाय गर्ने सोच राख्नेहरुका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।
लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु र्गयो । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।

 

 

नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ,’ कम्पनीको भनाइ छ । नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।