२०८२ चैत्र २ , सोमवार

उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ

सुनाखरी न्युज/ काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् ।

 

कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै सभामुखले संसदको लोगो पनि लगाइदिए ।

 

सोही उपनिर्वाचनबाट विजयी भएका रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।